शनिबार, असार २०, २०८३

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल गरेका थिए। खेलको २८औं मिनेटमा गोल गर्दै राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा ब्राजिल १-० गोलले अघि रह्यो।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत भर्खरै सम्पन्न खेलमा ब्राजिलले सानदार जित निकालेको छ। ब्राजिलको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पहुना टिम पराग्वेविरुद्ध ४-० गोलको जित निकालेको हो।

जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल गरेका थिए। खेलको २८औं मिनेटमा गोल गर्दै राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा ब्राजिल १-० गोलले अघि रह्यो।

खेलको ६२औं मिनेटमा काउटिन्होले अग्रता दोब्बर बनाएका थिए। त्यसपछि छैटौं मिनेटमा एन्थोनी र आठौं मिनेटमा रोड्रिगोले गोल गरेका थिए। आजको खेलमा ७७ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै ब्राजिलले विपक्षीको पोस्टमा २२ पटक आक्रमण गरेको थियो। त्यसमा उसले चार पटक सफलता पाएको हो।

अहिले ३९ अंकका साथ ब्राजिल छनोट तालिकाको शीर्षस्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिनाको ३५ अंक छ। आज पराजित पराग्वेको भने १३ अंक रहेको छ।

प्रकाशित: Feb 02, 2022| 09:10 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।