काठमाडौं- यहि वर्षको अन्त्यमा कतारमा हुने फिफा विश्वकपको एसियाली छनोटमा जापान, भियतनाम, दक्षिण कोरिया र इरानले जित निकालेको छ।
मंगलबार राति सम्पन्न खेलमा समूह बी अन्तर्गत खेलमा पापानले साउदी अरेबियालाई २-० ले हराएको हो। जापानको जितका लागि ताकुमी मिनमिनो र जुनया इतोले गोल गरेका थिए।
त्यस्तै, समूह बीकै अर्को खेलमा चीनविरुद्ध भियतनामले जित निकालेको छ। भीयनतामको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुनो टिम चीन ३-१ गोलले पराजित भएको हो।
यता, अस्ट्रेलिया र ओमनले भने २-२ गोलको बराबरी खेलेका छन्। ओमनको घरेलु मैदानमा अस्ट्रेलियाले सुरुआति अग्रता बनाए पनि जित निकाल्न सकेन। अस्ट्रेलियाका लागि ज्यामी म्याक्लरेन र आरोन मोनीले गोल गरेका थिए। ओमनका लागि भने अब्दुल्लाह फवाजाले दुवै गोल गरे।
मंगलबार रातिको हारका बाबजुद साउदी अरेयिबा १९ अंकका साथ शीर्षस्थानमा छ भने दोस्रोस्थानको जापानको १८ अंक रहेको छ। त्यस्तै, अस्ट्रेलिया र ओमनको क्रमश १५ र आठ अंक छ। चीन र भियतनाम पाँच र तीन अंकका साथ क्रमश पाँचौ र छैटौं स्थानमा छ।
मंगलबार राति नै सम्पन्न समूह ए अन्तर्गतको खेलमा भने विश्वकपमा स्थान पक्का गरिसकेको इरानले युनाइटेड अरब इमिरेट्सलाई १-० गोलले हराएको छ।
४९औं मिनेटमै १० खेलाडीमा समेटिएको इरानले ४४औं मिनेटमा मेहेदी तारेमिले गरेको गोलको रक्षा गर्दै जित निकालेको हो। समूह ए कै अर्को खेलमा दक्षिण कोरियाले सिरियामाथि २-० गोलको जित निकालेको छ।
जितका लागि किम जिन सु र कोन चाङ हुनले गोल गरेका थिए। त्यस्तै, इराकले भने लेबनानसँग १-१ गोलको बराबरी खेलेको छ। गएरातिको खेलपछि शीर्षस्थानको इरानको २२ अंक छ भने दोस्रो स्थानको दक्षिण कोरियाको २० अंक छ।