बुधबार, असोज १४, २०८३

१३ दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं - नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ। डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ। यसअघि पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको थियो। डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको थियो। 

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ रुपैयाँ कायम भएको थियो।


प्रकाशित: Feb 01, 2022| 20:49 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्