शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण

इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण

इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

'यो सहयाग महामारीविरुद्धको अन्तर्राष्ट्रिय संघर्षको एक हिस्सा हो। महामारीविरुद्धको नेपालीको प्रयासमा सहयोग गर्न पाउँदा इजरायल गर्व गर्छ,' सिरिन्ज हस्तान्तरण गर्दै राजदूत गोडरले भने। 

नेपाल सरकारको सन् २०२२ को खोप लक्ष्य पूरा गर्न तथा  महामारीलाई नियन्त्रणमा ल्याउन इजरायलले दुई राष्ट्रबीचको ऐक्यबद्धताको संकेतका रूपमा नेपालका जनतासँग मानवीय सहायता बाँड्न पाएकामा उनले खुसी व्यक्त गरे।

विगत दुई वर्षदेखि इजरायल सरकारले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्दै आएको छ। काठमाडौंस्थित इजरायली दूतावासले २०२० जुन महिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण, मास्क, डिजिटल थर्मोमिटर, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर, कीटाणुनाशक साधनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।


प्रकाशित: Feb 01, 2022| 21:20 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।