शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनगणनामा सांसदको प्रश्‍नपछि तथ्यांक विभागले भन्‍यो- तलमाथि भएको हुनसक्छ

जनगणनामा सांसदको प्रश्‍नपछि तथ्यांक विभागले भन्‍यो- तलमाथि भएको हुनसक्छ

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गरिन्। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग माग गरिन्। 

उनले काठमाडौंमा सधैं माइग्रेसन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्‍न नसकेको बताए। सांसद पाण्डेले भने, ‘काठमाडौंमा जहिले पनि माईग्रेसन बढि हुन्छ। किन, यो राजधानी हो। यो अस्थायी माईग्रेशन संघीयताले पनि रोकेको छैन। उता अरु जिल्ला बढने र काठमाडौं नबढने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस्। कतै राम्रो भएनकि। या अस्थायी रुपले माईग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरु कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौंमा नभटेर हो कि ? केही त जष्टिफिकेशन हुनु पर्‍यो नि। कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किएकी। नत्रभने यो तथ्य मिलेन। विगतमा त्यो बढेर आउथ्यो।’

कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन्। उनले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ? भनि केन्द्रीय तथ्यांक विभागलाई प्रश्न गरिन्। सांसद राईले गणकहरुलाई घरघरमा पुर्‍याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन्। 

उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन। मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन। र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त ? पहिले जनगणना हुँदाखेरी घरघरमा गएर सबै परिवारसँग सोधेर या घरको गार्जेन्टसँग सोधेर छोरा कति, छोरी कति अथवा परिवार कति? सबै तथ्यांक लिइन्थ्यो। यो कुराहरु मैले मेरो टोलमा पाइनँ। तर यसलाई सिरियस्ली रुपमा राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन।

यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए। उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए। 

महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्‍न गराएको पनि बताए।

प्रकाशित: Feb 01, 2022| 19:20 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।