काठमाडौं- महाकालीमा पक्की पुल बनाउनका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन्।
यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वास गरिएको छ।
दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै सुरु हुने समझदारी पत्रमा उल्लेख छ।Fulfilling a longstanding demand from communities living on both sides of the border, ?? & ??today signed an MoU to construct a motorable bridge across the Mahakali river to connect Dharchula, ?? with Darchula,??.
— IndiaInNepal (@IndiaInNepal) February 1, 2022
Details here: https://t.co/fXxuvDc5TQ@PMOIndia@MEAIndia pic.twitter.com/xbWxveTN0m
यसअघि नेपाल र भारत सरकारले मन्त्रिपरिषद बैठकले महाकाली नदीमाथि मैत्री पुल बनाउन अनुमति प्रदान गर्ने निर्णय गरेका थिए। सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार भारतको उत्तराखणड सरकारको लगानीमा पुल बनाउने गरी एमओयू भएको हो।