बुधबार, असार ३१, २०८३

भाराने भन्‍छन् : विश्वकप जित्‍दाको भावना व्यक्‍त गर्न कठिन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्व कप विजेता फ्रान्सका डिफेन्डर राफेल भारानेले विश्व कप जितेपछिको भावना शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन् । 

२५ वर्षे रियल म्याड्रिडका भाराने एकै वर्ष विश्व कप र च्याम्पियन्स लिगको उपाधि जिल्दै विशेष खेलाडीका रुपमा सुचिकृत भएका छन् । एकै बर्ष उनी दुई ट्रफि दिलाउन सफल भएका छन् ।

‘सबै अविश्वसनीय लाग्दैछ । २५ वर्षको उमेरमा विश्व कप जित्ने मेरो खेल जीवनका लागि विशेष हो,’ उनले भने, ‘यो सबै सफलताबाट प्राप्त भावनालाई शब्दमा बयान गर्न मलाई कठिन छ ।’ 

फाइनलपछि बार्सिलोनाका ओसमाने डेम्बेलेले जिस्काउँदै आफुलाई भनेको स्मरण गर्दै उनले भने, ‘उनले मलाई तिम्रो खेल जीवन पुरा भयो भन्दै ठट्टा गरे । मलाई विश्वास छ म यो प्रदर्शनलाई भविष्यमा पनि जारी राख्न चाहन्छु ।’ 

टोलीका सहकर्मी पेरिस सेन्ट जर्मेनका फरवार्ड केलियन एमबाप्पेका विषयमा भारानेले भने, ‘उनी निकै प्रतिभाव भएका खेलाडी हुन् । उनको खेल परिपक्क छ । उनी हाम्रो टोलीमा आउँदा खुसी लाग्छ । तर त्यो विषयमा हामी केहि भन्न सक्दैनौं । राष्ट्रिय टोलीमासँगै छौं । सफल खेल जीवनका लागि आवश्यक सबै चिज उनीसँग छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।