काठमाडौं- मोरिसस र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले एक गोल गरेको छ। दशरथ रंगशालामा ४:४५ बजे सुरु भएको खेलमा नेपालका सुजल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। उनले खेल सुरु भएको दसौँ मिनेटमा गोल गरेका थिए।
सुजलले ६ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका हुन्।
यसपछि लगत्तै मोरिसका खेलाडीलाई डिबक्स एरियामा नेपालका दिनेश राजवंशीले लडाएपछि मोरिससले पाएको पेनाल्टी भने नेपाली गोलकिपर किरण चेमजोङले उत्कृष्ट बचाउ गरेका थिए।
कप्तान एफम् फरवार्ड एन्डी सोफी ले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण कुमार लिम्बूले डाइभ गरेर बचाएका थिए। यससँगै मोरिससले गोलको अतिनजिकको अवसर गुमायो।
त्यसको अर्को मिनेटमा नेपालको फितलो प्रयास पोस्टबाहिर गएको थियो।
खेलको ३६औं मिनेटमा नेपालले अर्को अवसर गुमायो। गोलकिपर पोस्टको फ्रेमबाहिर रहेको अवस्थामा तेज तामाङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।
त्यस्तै, पुजन उपरकोटीको फ्रि किमा सुजल श्रेष्ठले गरेको हेडर प्रयास पोस्टको नजिकैबाट बाहिरियो।
पहिलो हाफको अन्तिम मिनेटमा लिन्सले ब्रासले गरेको प्रहार गोलकिपरले बचाए। पहिलो हाफको इन्ज्युरी समयमा मोरिससले योभन्दा शक्तिशाली प्रहार गरेको थियो। कप्तान एन्डीको पासमा ब्रासले प्रहार गरे पनि गोलकिपर किरणले बललाई बचाएका थिए। यससँगै पहिलो हाफमा नेपालले १–० गोलको अग्रता बनाएको छ।