शनिबार, असार २०, २०८३

यस्तो बन्यो मोरिससविरुद्ध नेपाली प्लेइङ-११

नेपालले दुई मैत्रीपूर्ण खेलका लागि मोरिसस नेपाल आएको हो। शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको थियो। शनिबार मैदान उत्रिएको सेटमा ६ वटा परिवर्तन गरेर अल्मुताइरीले प्लेइङ ११ सार्वजनिक गरिएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मोरिससविरुद्ध नेपालको प्लेइङ सेट तयार पारेका छन्। मंगलबार ४:४५ बजे दशरथ रंगशालामा हुने खेलका लागि नेपालको प्लेइङ सेट सार्वजनिक गरिएको हो।  

नेपालले दुई मैत्रीपूर्ण खेलका लागि मोरिसस नेपाल आएको हो। शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको थियो। शनिबार मैदान उत्रिएको सेटमा ६ वटा परिवर्तन गरेर अल्मुताइरीले प्लेइङ ११ सार्वजनिक गरिएको छ।

शनिबारको पहिलो दिनको खेलमा अग्रपंत्तिमा सुनिल बल, विमल घर्तीमगर र अन्जन विष्ट थिए। त्यस्तै सुरजज्यु ठकुरी, तेज तामाङ, सुमन लामा, सुमन अर्याल, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठले अवसर पाएका थिए।

मंगलबारको प्लेइङ ११ को अग्रपंतिमा अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ छन्। त्यस्तै टिममा एरिक विष्ट, पूजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र नवीन गुरुङ रहेका छन्। यो नवीनको डेब्यु हो। 

नेपाली टिमका सेन्टर डिफेन्डर अनन्त तामाङलाई सामान्य चोट लागेपछि अलमुताइरीले मंगलबारको खेलमा अनन्तसँगै दुई खेलाडीलाई परिवर्तन गरेका छन्। अहिले अनन्त र प्रशान्त अवस्थीको ठाउँ मनिष डाँगी र दर्शन गुरुङले लिएका छन्।

मंगलबारको खेलको पूरा टिमः



प्रकाशित: Feb 01, 2022| 16:00 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।