काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मोरिससबीचको खेल सुरु भएको छ। अहिले पौने ५ बजेबाट नेपाल र मोरिससबीचको खेल सुरु भएको हो। मोरिससविरुद्ध पहिलो खेलको तुलनामा अलमुताइरीले केही परिवर्तन गरेका छन्। त्यसो त, पपहिलो खेलको र आजको खेलको लागि तयारी पारिएको टिममा पनि १३ खेलाडी मात्र समान छन्।
नेपाली टिमका सेन्टर डिफेन्डर अनन्त तामाङलाई सामान्य चोट लागेपछि अलमुताइरीले खेलमा दुई खेलाडीलाई परिवर्तन गरेका छन्। अहिले अनन्त र प्रशान्त अवस्थिको ठाउँ मनिष डाँगी र दर्शन गुरुङले लिएका छन्।
पहिलो खेलमा नेपालले १–० को जित निकालेको थियो। त्यो जितमा नेपालका फरावर्ड विमल घर्तिमगरले गोल गरेका थिए। उनले खेलको ५५औं मिनेटमा गरेको गोललाई रक्षा गर्दै नेपालले जित निकालेको हो। त्यसैले दोस्रो खेलमा नेपाल दोस्रो जित निकाल्ने दाउमा छ।
अघिल्लो खेलमा तीन खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए भने दुई नयाँ खेलाडीले डेब्यू गरेका थिए। डेब्यू गर्नेमा आकाश बुढा मगर र सुजर गुरुङ थिए।