बुधबार, असार ३१, २०८३

गायक बने क्रिकेटर सन्दिप लामिछाने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठामाडौं-चर्चित क्रिकेटर सन्दिप लामिछाने यतिखेर गायक तथा संगीतकार पनि भएका छन् । खेल दुनियामा आउनुअघि उनी गुनगुनाउथे । अहिले त्यही गाउने रहर पूरा गरेका छन् । 
 
विनोद तिमिल्सिनाको शब्द रहेको ‘उदास थियो’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा नायक जीवन भट्टराई र सृष्टि खड्काको अभिनय छ । 

सुत्र इन्टरटेन्मेन्टको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन भने अर्जुन तिवारीले खिचेका हुन् । 
त्यसैगरी सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा विकास दाहालले सम्पादन गरेका हुन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।