बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचन जेठ पहिलो साता गर्ने तयारी, प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

स्थानीय निर्वाचन जेठ पहिलो साता गर्ने तयारी, प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता हुने बताएका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता हुने बताएका छन्। संविधान र ऐनमा संशोधन नगरी स्थानीय निर्वाचन गर्ने तयारी भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो।

मंगलबार नेपाली कांग्रेस बागमती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा उनले ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुने भन्दै त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताएका थिए। जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्ने तयारी सरकारको रहेको उनले जनाए।

यसैबीच, प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न निर्वाचन आयोगका प्रमुख आयुक्तसहितको टोलीलाई बोलाएका छन्। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच आज अपराह्न ३ बजे छलफल हुने भएको छ।

सत्तारुढ गठबन्धनमा आगामी जेठमा चुनाव गर्ने सहमति बनेसँगै प्रधानमन्त्री देउवाले मिति घोषणाबारे छलफल गर्नका लागि आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन्। यसअघि आयोगले विज्ञप्ति जारी गरेर सरकारमाथि निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको थियो। 

स्थानीय तहका पदाधिकारीको म्याद आगामी जेठ ५ गते सकिँदैछ। त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ। आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। 

प्रकाशित: Feb 01, 2022| 14:03 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...