बुधबार, भदौ ३, २०८३

सभामुख सापकोटालाई बनेपामा कालो झण्डा

सभामुख अग्निप्रसाद सापकोटालाई काभ्रेको बनेपामा कालो झण्डा देखाइएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटालाई काभ्रेको बनेपामा कालो झण्डा देखाइएको छ। गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो। 

सोमबार साँझ मसाल जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ। यही विषयलाई लिएर एमालेले लामो समयदेखि संसद् पनि अवरुद्ध गर्दै आएको छ। 

प्रकाशित: Feb 01, 2022| 13:06 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...