बिहीबार, कात्तिक ५, २०८३

४५ दिनमा सय करोड क्लबमा 'पुष्पा द राइज'

फिल्मको हिन्दी भर्जनले मात्रै १ सय करोडको कारोबार गरेको छ। कोरोनाको महामारीका बिच प्रदर्शनमा आएको यो फिल्मले तमाम चुनौतीलाई पार गर्दै सय करोड क्लबमा सामिल हुन पुगेको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत फिल्म 'पुष्पा : द राइज' १७ डिसेम्बरमा रिलिज भएको थियो। फिल्मले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यो फिल्म कोरोनापछिकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ।

फिल्मको हिन्दी भर्जनले मात्रै १ सय करोडको कारोबार गरेको छ। कोरोनाको महामारीका बिच प्रदर्शनमा आएको यो फिल्मले तमाम चुनौतीलाई पार गर्दै सय करोड क्लबमा सामिल हुन पुगेको हो। 

दी बेल्टमा १ सय करोड क्लबमा पुग्ने पाचौं दक्षिण भारतीय फिल्म बनेको छ पुष्पा। हिन्दी भाषामा डब गरेर अमेजन प्राइमबाट फिल्म रिलिज गर्नाले पनि सय कोड क्लबमा पुग्न सकेको अनुमान छ। 

हिन्दी भाषाका दर्शकलाई मात्रै नभएर नेपाली दर्शकको पनि फिल्मले मन जितेको थियो। खासै प्रचारबाजी नगरेर पनि यस फिल्मले राम्रै स्थान ओगट्न सफल भयो। केही समय अगाडि मात्र बाहुबली निर्देशक एसएस राजामौलीले फिल्म पुष्पा द राइजको प्रचारप्रसार वृहत रुपमा गर्नुपर्ने बताएका थिए। तैपनि फिल्म पुष्पाले दर्शकको मन जितेर छोड्यो। अभिनेता अल्लु अर्जुनको पुष्पालाई हिन्दी भाषामा समेत डब गरेर एक साथ प्रदर्शन गरिएको भने पहिलो फिल्म हो।

प्रकाशित: Feb 01, 2022| 12:20 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।