बुधबार, असार ३१, २०८३

पूर्वचेल्सी स्टाइकर जोला मउरीजियो सारीको सहायकमा नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–पूर्वचेल्सी र इटालीका स्ट्राइकर गियानफ्रन्को जोलालाई स्टामफोर्ड ब्रिजमा चेल्सीका नयाँ प्रबन्धक मउरिजियो सारीको सहायकमा नियुक्त गरेको छ । 

जोलाले सन् १९९६ देखि २००३ सम्म खेलाडीको रुपमा चेल्सीमा रहदा दुई युइएफए कप, एक युइएफए सुपर कप र एक लिग कप जिताएका थिए । ‘मेरो लागि यो एक खुसिको कुरा हो र यहाँ म एकदम खुसि छु ’ जोलाले भने ।

‘यो सारीसँग सफल हुन र क्लबको लागि उत्कृष्ट गर्न, म सधै राम्रो गर्ने छु । जस्तै मैले एक खेलाडीको रुपमा बिगतमा गरेको थिए’ उनले भनेका छन् । उनले थपे, ‘म सामान्यतया चुनौतिका लागि तयार छु । सबैलाई माया गर्दै नयाँ साहसिक कार्य गर्न म उत्साहित छु ।’

जोलाले चेल्सीमा रहेर ३१२ लिग खेल खेल्दै ८० गोल गरेका थिए । अप्रिल २०१७ मा उनी बिर्मिङघाम सिटीमा म्यानेजरको रुपमा नियुक्त भएका थिए । उनी अष्ट्रेलियाको पुर्वी–सिजन भ्रमणमा सामेल भएका थिए । चेल्सीका प्रबन्धक सारीले हाजार्डलाई अझै सुधार्न चाहेको समेत बताएका छन् । सारीले गत सिजन २०१६–१७ को प्रिमियर लिग र २०१७–१८ को एफए कप जिताएका एन्टोनी कोन्टेलाई बर्खास्त गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।