शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहयात्रा नेपाल संस्थाद्वारा इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

सहयात्रा नेपाल संस्थाद्वारा इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

इलाम- सहयात्रा नामक संस्थाले इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो।

अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई विभिन्न छ प्रकारका १८ थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। यसरी हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर एक थान, प्यासेन मनिटर एक थान, सक्सन मेसिन एक थान, नेबुलाइजर एक थान पिपिइ सेट १० थान वितरण गरेको हो।

त्यस्तै धोएर पनि प्रयोग गर्न मिल्ने (वासएबल) गाउन चार थान प्रदान गरिएको हो। गाउँपालिकामा एक कार्यक्रममा सहयात्रा नेपाल इलामका अध्यक्ष हेमकुमारी शिवाले गाउँपालिकाका अध्यक्ष शम्सेर राईलाई सो सामग्री हस्तान्तरण गरेकी हुन्।

स्वास्थ्य सामग्री पालिकाको कोभिड अस्थायी अस्पताल इरौँटारलाई कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि प्रयोगमा ल्याउने अध्यक्ष शम्सेर राईले बताए। यसैगरी यस संथाले यसअघि पनि जिल्लाका अन्य स्थानीय तहलाई सामग्री वितरण गर्दै आएको छ। 

गरिब र विपन्न वृद्धवृद्धालाई न्यानो कपडालगायत खाद्यान्नसमेत वितरण गर्दै आएको संस्थाका सविता पाण्डेले बताइन्। उनले अब पनि अन्य स्थानीय तहलाई स्वास्थ्य सामग्री तथा विपन्नलाई सामग्री हस्तान्तरण गरिने बताइन्।  रासस

प्रकाशित: Feb 01, 2022| 10:10 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।