शनिबार, साउन ३०, २०८३

खप्तड घुम्न 'हेली प्याकेज'को व्यवस्था

खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि 'हेली प्याकेज' को आयोजना गर्न लागिएको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

डोटी- सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ। खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि 'हेली प्याकेज' को आयोजना गर्न लागिएको हो।

जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी 'हेली प्याकेज' को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। कम्तीमा पनि १० दिनका लागि उक्त 'हेली प्याकेज'को सुरुआत हुने खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति १२ हजार तथा बडिमालिका पुग्न ३० हजार लाग्ने भएको छ। खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बढी बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकन गर्न पर्यटकको मागबमोजिम 'हेली प्याकेज' को व्यवस्था गरिएको आयोजकले जनाएको छ।

गत वर्ष पनि यहाँ 'हेली प्याकेज' को आयोजना गरिएको थियो। हेलिकोप्टरमार्फत गत वर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए।  रासस

प्रकाशित: Feb 01, 2022| 09:28 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।