शनिबार, साउन ३०, २०८३

अनलाइन जुवा खेल्दै गरेका ७४ जना पक्राउ

काठमाडौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- काठमाडौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले सोमबार एक सूचना जारी गरी जनाएको छ। 

कोभिड–१९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरुको साथबाट रु ६ लाखभन्दा बढी रकमसमेत बरामद गरिएको छ।

उनीहरूमाथि बौद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 31, 2022| 20:06 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।