बुधबार, भदौ ३, २०८३

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन सोमबार पेश गरेका छन्।

राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्। 


प्रकाशित: Jan 31, 2022| 19:13 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...