आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं-  नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। 

रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए। जाजरकोट निवासी पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्व सभापति हुन्।  

यसअघि कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले पदबाट राजीनामा दिएपछि पद रिक्त भएको थियो। 


प्रकाशित: Jan 31, 2022| 18:56 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।