बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक १३.४८ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको छ। आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा पुगेको छ। त्यस्तै सोमबार सेन्सेटिभ इन्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। आइतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ। अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ। तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ। बैंकिङ, वित्त, जीवन बिमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

सोमबार नेप्से परिसूचकमा ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी छन्। त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य घटेको छ।  आज कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: Jan 31, 2022| 17:50 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्