आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कर्कलो कोक्याउला’ गीतको अडियोभिडियो प्रहरीलाई हस्तान्तरण

‘कर्कलो कोक्याउला’ गीतको अडियोभिडियो प्रहरीलाई हस्तान्तरण

चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ। उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन्। 

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रम भइरहेका छन्। गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ।

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्यदृश्य सामग्रीलाई प्रहरी कार्यालयले आआफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने बताइएको छ। 

प्रकाशित: Jan 31, 2022| 17:34 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।