बुधबार, भदौ ३, २०८३

संसद्‍मा पेस भएपछि मात्र एमसीसीबारे बोल्ने एमालेको तयारी

‘स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ।'
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेले एमसीसी सम्झौता संसद्मा पेस भएपछि मात्र आफ्नो धारणा स्पष्ट पार्ने भएको छ। एमाले कार्यालय टिमको सोमबार बसेको बैठकपछि सचिव पद्मा अर्यालले यस्तो जानकारी दिएकी हुन्। 

सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजे पनि संसदमा दर्ता हुने नहुने यकिन नभएको बताइन्। एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनको भनाइ छ। सचिव अर्यालले भनिन्, ‘एमसीसीका सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ। तर एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन यकिन छैन। त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ। जतिबेला त्यहाँ दर्ता हुन्छ, त्यो बेला एमालेले आफ्नो पोजिसन क्लियर गर्नेछ।’

यसैगरी स्थानीय तहको निर्वाचनबारे एमाले स्थायी कमिटी बैठकले धारणा सार्वजनिक गर्ने उनले बताइन्। बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताइन्। 

स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने उनको भनाइ छ। अर्यालले भनिन्, ‘स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ। त्यही पनि विगतदेखि हामीले भनिआएका छौँ, स्थानीय निर्वाचन वैशाखको महिनाभित्र सक्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने नेकपा(एमाले)को कुरा हो। हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ।’ एमाले स्थायी कमिटी बैठक बुधबार बस्दैछ। 

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको थियो।

प्रकाशित: Jan 31, 2022| 17:11 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...