बुधबार, भदौ ३, २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मुख्य विषय एमसीसी

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। एमसीसीका विषयमा छलफल गर्न नेताहरुको बैठक बसेको हो। 

यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। दुई नेताबीच भएको छलफलको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन्। यद्यपि, एमसीसी लगायतका विषयमा छलफल भएको बुझिएको छ। 

एमसीसी पछिल्लो समय पेचिलो बनिरहेको छ। प्रधानमन्त्री देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन्। सत्तारुढ गठबन्धनको बैठकमा समेत एमसीसी पास गर्नुपर्ने धारणा देउवाले राखेका थिए। तर, गठबन्धनका अन्य दल भने एमसीसी यथास्थितीमा पास गर्ने पक्षमा देखिँदैनन्।  

एमसीसीका विषयमा गठबन्धनमा तिव्र मतभेद देखिए पनि यही कारणले गठबन्धन नभत्कने नेताहरुले बताइरहेका छन्। आइतबार मात्रै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका कारण गठबन्धन नभत्कने बताएका थिए।

प्रकाशित: Jan 31, 2022| 15:26 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...