काठमाडौं- जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा प्रवाह पाँच दिनसम्म बन्द गरेको छ। कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि २१ माघसम्मका लागि सेवा प्रवाह बन्द गरिए कार्यालयले जनाएको छ।
अन्य कर्मचारीहरूमा पनि लक्षण देखिएकाले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।
विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्दाका कामहरू भने नरोकिने प्रशासनले जनाएको छ।