धनगढी- कञ्चनपुरमा बुवाकोको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनका २६ वर्षीय छोरा रामविलास रानालाई प्रहरीले आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले घटना लगत्तै उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।