आइतबार, साउन ३१, २०८३

धरानमा एक कोरोना संक्रमितको मृत्यु

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

विराटनगर- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले अस्पतालमा उपचाररत एक संक्रमितको ज्यान गएको बताएका छन्। अनुसार ज्यान गुमाउनेमा मधेस प्रदेशको सप्तरी जिल्ला हनुमाननगर कंकालिनी ८ की ७६ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। 

उनी श्वासप्रश्वास सम्बन्धी समस्या ग्रसित थिइन्। आइतबार आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा आइतबार राति साढे १० बजे मृत्यु भएको पोखरेलले जानकारी दिए।

प्रकाशित: Jan 31, 2022| 13:10 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।