आइतबार, साउन ३१, २०८३

बिङ्गो खेलिरहेका ७४ जना पक्राउ

काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थितबाट बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थितबाट बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नयाँबस्तिमा दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङसमेत गरी ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँसहित  पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 31, 2022| 12:50 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।