बिहीबार, असार ११, २०८३

जसमाथि नेपाली फुटबलको 'ठूलो' आशा छ

देब्रे खुट्टा प्रयोग गर्न रुचाउने विमलले शनिबारको खेलमा पनि त्यही खुट्टालाई प्रयोग गरे। मोरिससविरुद्धको खेलमा अन्जन विष्टले दिएको पासलाई बायाँ खुट्टाले गोलमा परिवर्तन गरेका थिए।
 |  आइतबार, माघ १६, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, माघ १६, २०७८

१४ वर्षको कलिलै उमेरमा राष्ट्रिय टिममा पर्न सफलता पाएका विमल घर्तीमगरले १५ औँ बसन्तमा हिँडिरहँदा अर्को सफलता हात पारे। सानैमा अन्तर्राष्ट्रिय गोल गरेपछि एकाएक चर्चा चुलियो विमलको। १५ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय गोल गर्ने सफलता कमै मात्र खेलाडीलाई मिलेको छ। 

National life

हुन त यसअघि विमल गुमनाम भने थिएनन्। यू-१४ देखि नै नेपाली समर्थकमाझ लोकप्रिय बन्न थालिसकेका थिए। यू–१४ बाट रहँदा श्रीलंका यू–१४ विरुद्ध ह्याट्रिक गरेपछि तत्कालीन प्रशिक्षक सुनिल श्रेष्ठले भनेका थिए, ‘नेपाली फुटबलमा धेरै सम्भावना बोकेका खेलाडी हुन् विमल।’

उमेर समूह हुँदै सन् २०१२ सेम्टेम्बरमा बंगलादेशविरुद्ध भएको खेलमा सिनियर टिमबाट डेब्यू गर्ने अवसर पाएका थिए विमलले। त्यो पनि दशरथ रंगशालामै डेब्यु। त्यही दिनबाट उनले नेपाली टिममा ‘स्ट्राइकर’को जिम्मेवारी सम्हालेका हुन्। 

देब्रे खुट्टा प्रयोग गर्न रुचाउने विमलले शनिबारको खेलमा पनि त्यही खुट्टालाई प्रयोग गरे। मोरिससविरुद्धको खेलमा अन्जन विष्टले दिएको पासलाई बायाँ खुट्टाले गोलमा परिवर्तन गरेका थिए। 

रक्षात्मक फुटबल खेल्न बानी परेको नेपाली टिमका लागि स्ट्राइकर वा फरवार्डको भूमिकामा खेल्नु आफैमा चुनौती थियो। त्यो चुनौतिलाई पार गर्दै अन्तर्राष्ट्रिय गोलमा अघि बढ्न सक्नु चाहिँ विमलको खुबी हो।

विमलले जहाँ र जतिपटक खेले, आफूलाई 'पूर्ण' रुपमा प्रस्तुत गरेका छन्। चाहे ए डिभिजन लिगमा होस् वा मोफसलका प्रतियोगितामा वा राष्ट्रिय टिममा नै किन नहोस्, विमलको उपस्थिति जहिल्यै प्रेरक रहन्छ। त्यसै कारण हुनसक्छ उनले अन्तर्राष्ट्रिय खेलमा गरेका गोलको संख्या पनि दोहोरो अंक नजिक पुर्‍योइसकेका छन्।

Shivam cement

देब्रे खुट्टा प्रयोग गर्न रुचाउने विमलले शनिबारको खेलमा पनि त्यही खुट्टालाई प्रयोग गरे। मोरिससविरुद्धको खेलमा अन्जन विष्टले दिएको पासलाई बायाँ खुट्टाले गोलमा परिवर्तन गरेका थिए। 

प्रकाशित: Jan 30, 2022| 19:44 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।