काठमाडौं– राप्रपाले विभिन्न व्यक्तिहरुलाई पदाधिकारी तथा विभागको प्रमुख पदमा मनोनयन गरेको छ। पार्टीले आइतबार उनीहरूलाई मनोनयन गरेको हो। मनोनीत हुने उपाध्यक्षमा हेमजंग गुरुङ (लमजुङ) र मुकुन्दश्याम गिरी (सुर्खेत) छन्।
यस्तै महामन्त्रीमा राजेन्द्र गुरुङ, (ओखलढु्रगा) र प्रह्लादप्रसाद साह (मोरङ) मनोनीत भएको पार्टीले जनाएको छ। प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ र पाँचथरका सगुनसुन्दर लावती तथा मोरङका गोपाल दाहाल मनोनीत भएका छन्। साथै सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ (दोलखा), दिनेशकुमार साह (मोरङ) र पूर्णबहादुर चन्द (कञ्चनपुर) चयन भएका छन्।
यस्तै सहमहामन्त्रीमा मोहनप्रसाद यादव (बारा), धनबहादुर बुढा (कालिकोट), श्यामबहादुर शाही (अछाम) प्रकाश रिमाल, (काठमाडौं) रवीन्द्रप्रताप शाह (भक्तपुर), झनक प्याकुरेल (नुवाकोट), रीना गुरुङ (चितवन) चयन भएका छन् भने सहायक महामन्त्रीमा रमानन्द न्यौपाने (जुम्ला), विजय खड्का (दोलखा), प्रेम बलायर (डोटी), ऋषिराज देवकोटा (बाँके), ताहिर अलि (रुपन्देही) र दीपककुमार राई (नुवाकोट) मनोनीत भएका छन्।
पार्टीले आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ (भक्तपुर), धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष (ललितपुर), सूचना तथा प्रविधि विभाग प्रमुख रविन चाम्लिङ (खोटाङ), तराई मधेश विभाग प्रमुख रामप्रताप साह (भोला), (सिरहा), अभिलेख तथा मूल्यांकन विभाग प्रमुख मीना सुवेदी ( काठमाडौं), सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापालाई मनोनयन गरेको छ। यस्तै रमानन्द न्यौपाने (जुम्ला) लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ।