आइतबार, साउन ३१, २०८३

तीन डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि न्यूनतम तापक्रम भने निकै कम रहेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि न्यूनतम तापक्रम भने निकै कम रहेको छ।

आज बिहान काठमाडौंको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो। रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो बढ्न थालेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन बिहान बेलुकीको समयमा चिसो बढ्ने छ। काठमाडौंसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेकाले दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुकी चिसो बढ्दो अवस्थामा रहेको छ।

प्रकाशित: Jan 30, 2022| 09:17 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।