आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मोरिससविरुद्ध नेपालको जितमा दुई खेलाडीको डेब्यु र विमलको 'कमब्याक' गोल

मोरिससविरुद्ध नेपालको जितमा दुई खेलाडीको डेब्यु र विमलको 'कमब्याक' गोल

यद्यपि खेलको सुरुवाती समयमा नेपालले बलमा पकड जमाएको थियो। त्यसक्रममा अट्याकका केही असफल प्रयास पनि गर्यो। तर, मोरिससले दबाब बनाइरकेको समयमा नेपालल गोल गर्दै खेलमा अग्रता बनाएको हो। यो अग्रतालाई बचाउँदै नेपालले पाहुनो टोली मोरिससविरुद्ध १–० गोलको जित निकालेको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले भनेझौ यो खेलमा पाउनु वा गुमाउनु केही पनि थिएन। त्यसैले दशरथ रशंगशालामा शनिबार पौने ५ बजे सुरु भएको खेल औसतरुपमा सुरु भएको थियो। 

National life

प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई एक्सपोजर दिनेका थिए। त्यसअनुसार आज सुरुज गुरुङ अन्तिम समयको पाँच मिनेटअघि र आकाश बुढामगर इन्ज्युरी समयमा मैदान पस्दै राष्ट्रिय टिमबाट डेब्यु गरे।

यद्यपि खेलको सुरुवाती समयमा नेपालले बलमा पकड जमाएको थियो। त्यसक्रममा अट्याकका केही असफल प्रयास पनि गर्यो। तर, मोरिससले दबाब बनाइरकेको समयमा नेपालल गोल गर्दै खेलमा अग्रता बनाएको हो। यो अग्रतालाई बचाउँदै नेपालले पाहुनो टोली मोरिससविरुद्ध १–० गोलको जित निकालेको हो।

५४ औं मिनेटमा अन्जन विष्टको पासमा विमल घर्ती मगरले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन्। राष्ट्रिय टिमबाट यो विमलको यो नवौं गोलसमेत हो। अढाइ वर्षअघि भुटानमा आयोजित खेलअघि उनी बर्खास्तमा परेयता उनले शनिबार पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका हुन्।

एसीएलको चोटका कारण कतारमा नौ महिनाको उपचार गराएका उनले आज राष्ट्रिय टिमबाट गोल गर्दै कमब्याक गरेका हुन्। खेलको पहिलो हाफमा दुवै टिमले गोलको अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

Laxmi sunrise bank
kumari

सुरवाती मिनेटमै आक्रमणको प्रयास गरेको नेपालले दोस्रो मिनेटमै मोरिससको पेनाल्टी बक्स नजिकै फ्रिकिकको अवसर बनायो। सुनिल बलले प्रहार गरको फ्रिकिक मोरिससका खेलाडीको बनाएको मानविय वालबाट डिफ्लेक्ट हुँदै पोस्ट नजिकैबाट बाहिरियो।

खेलको सुरुआति मिनेटमा नेपालले निरन्तर दबाब कायम राख्दै गोलको अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। पहिलो पाँच मिनेटभित्रै अन्जनको अर्को प्रयास मोरिससका डिफेन्डरले क्लियर गरिदिए। पहिलो १० मिनेटअ अघि नेपालले कर्नर प्रहारको अवसर पाएको थियो। कर्नरबाट आएको बलमा सुरज ज्यू ठकुरीले सहि दिशामा पास दिन नसकेपछि नेपाल गोलको अवसरबाट चुक्यो।

त्यस्तै, सुमन लामाले गरेको प्रहार पनि पोस्टको फ्रेममा पर्न सकेन। खेलको १६ औं मिनेटमा देवेन्द्र तामाङले बल नियन्त्रण गर्न नसकेपछि मोरिससका स्टेभेन असली नजिकरले नेपालको पोस्टनजिकै बल पाएका थिए। त्यो अवस्थामा गोलकिपर किरण कुमार लिम्बू पनि पोस्टबाट टाढा थिए। तर देवेन्द्रले आफ्नो गल्ती सच्याउँदै बल क्लियर गरे।

त्यस्तै, खेलको २६ औं मिनेटमा विमल घर्ती मगरले गरेको प्रहार गोलकिपर केभिन जिन लुइसको हातमा पुगेर रोकिएको थियो।

यता मोरिससले पनि आफ्नो केही अवसर गुमायो। १७ औं मिनेटमा एड्रिन फ्रान्सिस्कोले पोस्टबाहिर प्रहार गरे भने २२ औं मिनेटमा स्टेभेनले गरेको प्रहार भने गोलकिपर लिम्बुले बचाए।

त्यस्तै, खेलको ३५ औं मिनेटमा स्टेभेनले दिएको पासमा एड्रिनले गरेको प्रहार पनि गोलकिपर लिम्बूले बचाएका थिए। खेलको ४१ औं मिनेटमा सुनिलको प्रहारलाई दिनेशले हेडरमार्फत् पोस्टमा छिराउन खोजे पनि सकेनन्। र, पहिलो हाफको अन्तिम मिनेटमा वान टू वानको अवस्थामा अन्जन गोल गर्न चुके। उनले दोस्रो बारतर्फ गरेको प्रहार पोस्टनजकैबाट बाहिरियो।

दोस्रो हाफमा मोरिससले आक्रामक सुरवात गर्‍यो। पहिलो मिनेटमै फर्नान्डो ज्याकसनले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। पछि नेपाली खेलाडीले त्यसलाई क्लियर गरिदिए।

तर खेलको ५४ औं मिनेटमा विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। अन्जनले मोरिससका मेर्वयव जासिलेनबाट खोसेर दिएको पासमा विमलले पेनाल्टी बक्सको लाइनबाट गोल गरेका थिए। उनको प्रहारलाई गोलकिपर केभिनले रक्षा गर्न सकेनन्।

त्यो गोलपछि भने नेपालले दबाब बनाउनस सुरु गरेको हो। ६१ औं मिनेट सुनिल बलको ठाउँमा मैदान पसेका जगजित श्रेष्ठले खेलको ७५ औं मिनेटमा निकै आकर्षक कर्नर प्रहार गरे। उनको प्रहारमा अन्जन विष्टले हेडर गरे पनि बारमा लागेर बाहिरिएको थियो।

त्यस्तै, ७७ औं मिनेटमा अन्जन विष्टले गरेको प्रहार बारमा लागेर फर्किएको थियो। फर्किएका बललाई जगजितले हेडर गरे पनि पोस्ट नजिकैबाट बाहिरियो।

प्रकाशित: Jan 29, 2022| 18:39 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।