शनिबार, असार २०, २०८३

नेपाल भर्सेस मोरिसस : पहिलो हाफमा गोलरहित बराबरी

पहिलो पाँच मिनेटभित्रै अन्जनको अर्को प्रयास मोरिससका डिफेन्डरले क्लिर गरिदिए। पहिलो १० मिनेटअ अघि नेपालले कर्नर प्रहारको अवसर पाएको थियो। कर्नरबाट आएको बलमा सुरज ज्यू ठकुरीले सहि दिशामा पास दिन नसकेपछि नेपाल गोलको अर्को अवसरबाट चुक्यो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल मोरिसको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ।

अहिले जारी खेलमा दुबै टिमले गोलको अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

सुरुवाती मिनेटमै आक्रमणको प्रयास गरेको नेपालले दोस्रो मिनेटमै मोरिससको पेनाल्टी बक्स नकिजै फ्रिक किको अवसर बनाएको थियो। सुनिल बलले प्रहार गरको फ्रिक किक मोरिससका खेलाडीको बनाएको मानविय वालबाट डिफ्लेक्ट हुँदै पोस्ट नजिकैबाट बाहिरिएको थियो।

खेलको सुरुआति मिनेटमा नेलालले निरन्तर दबाब कायम राख्दै गोलको अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न सकेन। पहिलो पाँच मिनेटभित्रै अन्जनको अर्को प्रयास मोरिससका डिफेन्डरले क्लिर गरिदिए। पहिलो १० मिनेटअ अघि नेपालले कर्नर प्रहारको अवसर पाएको थियो। कर्नरबाट आएको बलमा सुरज ज्यू ठकुरीले सहि दिशामा पास दिन नसकेपछि नेपाल गोलको अर्को अवसरबाट चुक्यो।

त्यस्तै, सुम लामाले गरेको प्रहार पनि पोस्टको फ्रेममा पर्न सकेन। खेलको १६ औं मिनेटमा देवेन्द्र तामाङले बल नियन्त्रण गर्न नसकेपछि मोरिससका स्टेभेन असली नजिकरले नेपालको पोस्टनजिकै बल पाएका थिए।

सो अवस्थामा गोलकिपर किरण कुमार लिम्बू पनि पोस्टबाट टाढा थिए। तर देवेन्द्रले आफ्नो गल्ती सच्याउँदै बल क्लियर गरे। त्यस्तै, खेलको २६ औं मिनेटमा विमल घर्ती मगरले गरेको प्रहार गोलकिपर केभिन जिन लुइसको हातमा पुगेर रोकिएको थियो।

यता मोरिससले पनि आफ्नो केही अवसर गुमायो। १७ औं मिनेटमा एड्रिन फ्रान्सिस्कोले पोस्टबाहिर प्रहार गरे भने २२ औं मिनेटमा स्टेभेनले गरेको प्रहार भने गोलकिपर लिम्बूले बचाए।

त्यस्तै, खेलको ३५ औं मिनेटमा स्टेभेनले दिएको पासमा एड्रिनले गरेका प्रहार पनि गोलकिपर लिम्बूले बचाएका थिए।

खेलको अन्तिम मिनेटमा वान टू वानको अवस्थामा अन्जन गोल गर्न चुके। उनले दोस्रो बारतर्फ गरेको प्रहार पोस्टनजकैबाट बाहिरियो।

खेलको ४१ औं मिनेटमा सुनिलको प्रहारलाई दिनेशले हेडरमार्फत् पोस्टमा छिराउन खोजे पनि सकेनन्।

प्रकाशित: Jan 29, 2022| 18:16 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।