बिहीबार, चैत १२, २०८२

ब्राजिलका गोलकिपर एलिसन लिभरपुल जाने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ब्राजिल तथा रोमाका गोलकिपर एलिसन लिभरपुल जाने पक्का भएको छ। 

लिभरपुलले ननका लागि रोमालाई ६६ दशमलब ८ मिलिएन पाउण्ड तिरेसँगै उनी लिभरपुल जाने पक्का भएको हो। 

प्रिमियर लिग क्लबले अब ब्राजिल अन्तराष्ट्रियसँग वार्ता सञ्चालन गरेको छ। २५ बर्षीय एलियनले रोमामा दुई बर्षका लागि अनुबन्ध भएका थिए । रोमामा उनले सिरी–ए को पछिल्लो सिजनका ३७ खेल खेले। 

लिभरपुलले ७० मिलियन युरो खर्च गर्दै गोलकिपर अनुबन्ध गरेको अहिले सम्मको रेकर्ड ब्रेक गरेको छ। २००१ मा गियनलुगी बुफोनलाई युभेन्टसले पर्माबाट भित्राउदा ५३ मिलियन युरो तिरेको थियो। 

यो नै अहिले सम्मको गोलकिपरका लागि क्लबहरुले अनुबन्ध गर्दा तिरेको सबैभन्दा बढि खर्च हो। गोलपिकपरका लागि प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले २०१७ मा बेन्फिकालाई ४० मिलियन युरो तिरेको थियो । यो रकम म्यानचेस्टर सिटीले गोलकिपर एडर्सनलाई भित्राउन खर्च गरेको पछिल्लो समयको सबैभन्दा बढि खर्च हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।