बुधबार, असार ३१, २०८३

पारस र प्रतिभा सेञ्चुरी बैंकको ब्रान्ड एमबास्डर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई सेञ्चुरी बैंक लिमिटेडले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। बैंकले पारस र प्रतिभालाई एक बर्षकालागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो। उनीहरुलाई कति रकममा एम्बासडरमा नियुक्त गरिएको त्यो भने खुलाइएको छैन। 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुल्सीराम गौतमले नेपालका दुई चर्चित खेलका खेलाडी पारस र प्रतिभालाई ब्राण्ड एम्बासडर बनाउन पाउनु आफ्नो लागि ठुलो कुरा रहेको बताए । उनले थपे, ‘दुबै खेलाडीको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यावसाहिक अभिवृदिमा मद्धत पुग्ने छ।’

उनले आफ्नो दुवै ब्राण्ड एम्बासडरका खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा थप सफलताको शुभकामना समेत व्यक्त गरे।

एम्बासडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सेञ्चुरी बैंकसँग पुरानो सम्बन्ध रहेको नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पोरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए। भलिबलकी चर्चित खेलाडी प्रतिभाले खेलाडीहरुलाई यस्तो खालको मौकाले भावी पिढीलाई खेलमा लाग्न प्रोत्साहन मिल्ने बताईन्। 



 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।