शनिबार, असार २०, २०८३

आहा राराको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

पोखरामा जारी २०औं संस्करणको फाइनल खेल आज दिउँसो हुँदैछ। फाइनल खेलमा उपाधिका लागि विभागीय टिम एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- पोखरामा जारी २०औं संस्करणको फाइनल खेल आज दिउँसो हुँदैछ। फाइनल खेलमा उपाधिका लागि विभागीय टिम एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

फाइनल खेल आज दिउँसो २ बजेबाट सुरु हुनेछ। एपीएफले अहिलेसम्म आहा राराको उपाधि जितेको छैन। त्यसो त ऊ २०६४ पछि पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको टिम पनि हो।

यता, १२औं पटक फाइनको यात्रा तय गरिसकेको मनाङले यसअघि नै सर्वाधिक ६ पटक उपाधि जितिसकेको छ। अहिले पुलिस र मनाङले समान ६/६ पटक उपाधि जितेका छन्।

आज मनाङले उपाधि जितेमा ऊ सबैभन्दा धेरै पटक आहा रारा जित्ने एक्लो क्लब बन्नेछ। त्यसैले मनाङ आज त्यही उत्साहसाथ खेल्नेछ। यता एपीएफको टिम पनि कमजोर छैन। एपीएफले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनलको  यात्रा गरेको हो।

यस कारण पनि ऊ प्रतियोगिताको पहिलो उपाधिका लागि उत्साही पनि छ। एपीएफले उपाधि जिते आहा राराले नयाँ विजेता पाउनेछ। पछिल्लो वर्ष पनि संकटा क्लबले पहिलो पटक उपाधि जितेको थियो।

प्रतियोगिताको एपीएफले आठ गोल गरेर दुई गोलको सामना गरेको छ। उसले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराएको थियो। त्यस्तै, क्वार्टरफाइनल खेलमा बीवाईएससीविरुद्ध ३-१ गेलको जित निकाल्यो भने सेमिफाइनलमा पनि उस्तै जित दर्ता गर्‍यो।

यो प्रतियोगिताको उपाधि विजेताले १० लाख एक हजार पुरस्कार पाउनेछ भने उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछन्।

प्रकाशित: Jan 29, 2022| 08:35 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।