काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमले आज मोरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खैल्दैछ। नेपाल र मोरिससको खेल आज पौने ५ बजेबाट दशरथ रंगशालामा फ्लड लाइटमा खेल्नेछ।
यो खेलका लागि दुवै टिमले तयारी पुरा गरेका छन्। नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सधैझै हारको दोष आफू लिने र जितेको श्रेय खेलाडीलाई दिने बताएका छन्।
त्यस्तै, नेपाली टिमका कप्तान किरण कुमार लिम्बू पनि अफ्रिकन मुलुकसँग खेल्न पाउँदा दंग छन्। उनले यो खेलबाट केही नयाँ सिकिने विश्वास व्यक्त गरेका छन्।
यो खेलका लागि नेपाली टिमले दुई हप्तादेखि अभ्यास गरिरहेको छ। यता मोरिससको टिमले पनि डिसेम्बर सुरुदेखि अभ्यास गरिरहेको छ।
तर, मोरिससले अढाई वर्षदेखि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। त्यसमाथि उनले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन।