बुधबार, असार ३१, २०८३

पहिलो अन्तराष्ट्रिय एक दिवसीय खेल्ने नेपाली टोलीको बिदाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेदरल्यान्ड र एमसीसीबीच हुने त्रिकोणात्मक टि–२० र नेदरल्यान्डिसँग हुने एक दिवसिय अन्तराष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार बिदाई गरिएको छ । 

त्रिकोणात्मक टि–२० जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र ३ मा एक दिवसिय क्रिकेट हुनेछ । 

पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो । टोली बिहीबार बेलायत प्रस्थान गर्नेछ ।

टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् । यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामी टोलीमा छन् ।

नेपाली टोली सदस्य शक्ति गौचनले त्यहि नेदरल्यान्ड्ससँगको खेलपछि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।  टोलीलाई युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले एक कार्यक्रमकाबीच  विदाई गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।