आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अढाई वर्षदेखि नखेलेको मोरिससविरुद्ध ऐतिहासिक खेल, यस्ता छन् दुई टिमका लक्ष्य

अढाई वर्षदेखि नखेलेको मोरिससविरुद्ध ऐतिहासिक खेल, यस्ता छन् दुई टिमका लक्ष्य

‘नेपालले हारे दोष मेरो, जितेको श्रेय भने खेलाडीको,’ प्रशिक्षक अलमुताइरीले भनिसकेका छन्, ‘मैले धेरै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव गराउनु छ।’
 |  शुक्रबार, माघ १४, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, माघ १४, २०७८

vianetvianet

काठमाडौं- दसैंअघि साफ च्याम्पियनसिपको फाइनल खेलेयता नेपाली राष्ट्रिय टिमले शनिबार पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ।

triton college

नेपालाले घरेलु मैदान दशरथ रंगशालामा शनिबार मोरिसससँग पहिलोपटक मैत्रीपूर्ण खेल्न लागेको हो। अफ्रिका महादेशको टिमसँग नेपालले खेल्ने यो पहिलो खेलसमेत हो। जारी फिफा अन्तर्राष्ट्रिय विन्डोमा अहिले नेपाली टिमका कप्तान किरण चेम्जोङ पनि माल्दिभ्सको राजधानीबाट नेपाल आइपुगेका छन्।

यो मैत्रीपूर्णमा धेरै प्रयोगहरु भए पनि जितका लागि खेल्नेमा किरण विश्वस्त देखिन्छन्। उसो त यो खेलसँग दुवै देशका आ-आफ्नो योजनाहरु जोडिएका छन्। पछिल्लो अडाई वर्षदेखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको मोरिससले मैत्रीपूर्ण खेल्नका लागि दक्षिण एसियासम्मको भ्रमण गरेको हो।

त्यसैले मोरिससको टिमका लागि आफ्नो खेलाडीको अवस्था जाँच गर्नु नै मुख्य लक्ष्य रहेको छ। मोरिससले उनले निकट भविष्यमै अफ्रिका कपको लागि छनोट खेल्नुपर्ने छ। तर, लामो समयसम्म राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय खेल नखेलेको कारण उसलाई यो मैत्रीपूर्ण निकै सुनौलो अवसर पनि हो।

त्यसैले मोरिससका राष्ट्रिय टिमका प्रशिक्षक टोनी फ्रान्कोइस पनि यस्तै भन्छन्। उनले भने, ‘राष्ट्रिय टोलीले नखेलेको अढाई वर्ष भयो। अफ्रिका कपको तयारी पनि गर्नुपर्ने छ। यो खेलको मुख्य लक्ष्य भनेको त्यो छनोटको तयारी नै हो।’

National life insurance
‘नेपालले हारे दोष मेरो, जितेको श्रेय भने खेलाडीको,’ प्रशिक्षक अलमुताइरीले भनिसकेका छन्, ‘मैले धेरै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव गराउनु छ।’ 

मोरिससको जस्तै लक्ष्य नेपालको पनि छ। त्यसैले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले धेरैभन्दा धेरै खेलाडीलाई यो खेलका लागि टिममा राखेका छन्। नेपालले उतारेको दुई टिमबाट उनले धेरै खेलाडीको अवस्थाको जाँचसमेत गर्नेछन्।

‘नेपालले हारे दोष मेरो, जितेको श्रेय भने खेलाडीको,’ प्रशिक्षक अलमुताइरीले भनिसकेका छन्, ‘मैले धेरै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव गराउनु छ।’ नेपालले खेलका लागि सबै तयारी पूरा गरेको नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्।

पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र नेपाली टिमका कप्तान किरणकुमार लिम्बु। तस्बिर : दिनेश श्रेष्ठ।

सहायक प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘पछिल्ला खेलका कमी-कमजोरी र गल्तीलाई सुधार गर्दै अघि बढ्ने छौं। त्यसका लागि हामीले सबै तयारी गरेका छौं। ३४ जनाको टिम बनाएका छौं।’

खेलाडीलाई एक्सपोजर दिनेसँगै एसियन कपको तेस्रो चरणको छनोटको लागि तयारी गर्नु पनि नेपाली टिमको लक्ष्य हो। ‘एसियन कप छनोटको तयारीको लागि मोसिससविरुद्धको खेललाई लिएका छौं। यो खेलबाट नयाँ खेलाडीहरु निस्कियो भने राष्ट्रिय टिम अझ बलियो हुन्छ भन्‍ने लागेका छ,’ पत्रकार सम्मेलनमा बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले भने। 

नेपालले लामो समयमसम्म पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छैन। सन् २०११ पछि नेपाली फुटबल पछ्यानेहरुले त मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको देखेकै छैनन्। त्यसैले घरेलु रंगशालामा शनिबार नेपालाई जित निकाल्ने अवसर पनि छ।

‘वरीयताको हिसाबले हाम्रै स्तरको टिम छ। तर मोरिसस शारिरीक रुपमा बलियो होला,’ सहायक प्रशिक्षक श्रेष्ठले भने।

नेपाली टिममा अहिले रोहित चन्द छैनन्। अनन्त तामाङले पनि एक खेल मात्र पाएका छन्। बाँकी डिफेन्सका लागि पुजन उपरकोटी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुमन अर्याल छन्।

अन्य पोजिसनको तुलनामा रक्षापंक्तिमा खलाडीको संख्या कम देखिन्छ। त्यसको जवाफमा अगाडि खेल्ने खेलाडीलाई पनि डिफेन्समा खेलाएर आक्रामक खेल्ने सहायक प्रशिक्षक श्रेष्ठ बताउँछन्।

उनले भने, ‘रक्षापंक्तिमा हेर्दा खेलाडी कम देखिन्छ। तर, हाम्रो खेलाडीलाई जुनसकै पोजिसनबाट खेल्न सक्ने गरी तयार गरिरहेका छौं। त्यसैले हाम्रो सबै खेलाडी सबै पोजिसनबाट खेल्न सक्छन्।’

सातोदोबाटोस्थित एन्फा कम्लेक्समा प्रशिक्षणमा रहेको मौरिससको राष्ट्रिय टोली।  तस्बिर : दिनेश श्रेष्ठ।

साफ च्याम्पियनसिपमा अल्मुताइरीले मिडफिल्डर सुजल श्रेष्ठ साथै विंगर मनिष डाँगीलाई पनि टिमको पछिल्लो लाइनमा राखेर खेलाएका थिए। सहायक प्रशिक्षक श्रेष्ठले त्यही उदाहरण पस्किँदै डिफेन्स कमजोर नरहने तर्क गरेका छन्।

टिमका कप्तान किरण चेमजोङ इतिहासमै पहिलो पटक अफ्रिकन मुलुकसँग खेल्न पाउँदा उत्साही छन्। उनले भने, ‘इतिहासमै पहिलोपटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं। फरक अनुभव हुनेछ। दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु। सबैले लिग खेलिरहेका छन्। त्यसैले सबै शारीरिक र मानसिक रुपमा फिट छन्। मैत्रीपूर्ण खेलाडीलाई हलुका ढंगले लिनु हुँदैन। नतिजा पनि चाहिन्छ। यसबाट हामीले सिक्नु पर्नेछ।’

यता कोभिडको महामारी पनि बढेको कारण अलमुताइरीले बनाएको ३४ जना खेलाडीको स्क्‍वाड ठिक रहेको किरणको तर्क छ। उनले भने, ‘टिममा धेरै खेलाडी भयो भने राम्रो हुन्छ भन्‍ने होला। केही रणनीतिक योजना पनि होला। प्रशिक्षकका रणनीति हो, यसबारे मलाई धेरै त थाहा भएन।’

पहिलो पटक नेपालमा आएका मुख्य प्रशिक्षक फ्रान्कोइले एन्फालाई धन्यवाद दिँदै भने, ‘हामी पहिलोपटक यहाँ आएका हौं। नेपाल धेरै राम्रो टिम हो भन्ने हामीलाई थाहा छ।’ 

उनले हार्छु भनेर खेल्ने नगरेको र जित्‍नका लागि टिम मानसिक र शारीरिक रुपमा पनि तयार रहेको जानकारी गराएका छन्।

नेपाली भूमिमा नेपालको टिमसँग खेल्नु चुनौतिपूर्ण रहेको मोरिसस टिमको ठहर छ। त्यसो त मोरिससमा युरोपमा खेलसकेका खेलाडी छन्। टिमका कप्तान केभिन ब्रु ले त यू १७ र यू १९ फ्रान्सको राष्ट्रिय टिमबाट खेलेका छन्।

प्रशिक्षणमा रहेको नेपालको टिम।  तस्बिर : दिनेश श्रेष्ठ।

 त्यस्तै, मोरिसस पनि फ्रान्सको शासनमा रहेको देशसमेत हो। उनी नेपालको टिम राम्रो रहेको र नेपालसँग खेल्न उत्साही रहेको बताएका छन्। उनले भने, ‘नेपालर राम्रो टिम हो। नेपालसँग राम्रो खेलको आशा गर्दछु।’

मुख्य प्रशिक्षक फ्रान्कोइ पनि पहिलो पटक नेपालमा आएकोमा खुसी छन्। उनले एन्फालाई धन्यवाद दिँदै भने, ‘हामी पहिलोपटक यहाँ आएका हौं। नेपाल धेरै राम्रो टिम हो भन्ने हामीलाई थाहा छ।’ उनले नेपालको साफ च्याम्पियनसिपको खेल हेरेको बताएका छन्।

नेपालविरुद्धको खेलका लागि मोरिससले डिसेम्बरमा ट्रेनिङ सुरु गरेको थियो। लगातार ४५ दिनमात्र अभ्यासपछि ऊ नेपला आइपुगेको हो। ‘त्यसैले हामीलाई खेल्न सजिलो हुने छैन। आशा छ हामीले राम्रो प्रतिस्पर्धा गर्नेछौं,’ उनले अन्तिममा भने।

प्रकाशित: Jan 28, 2022| 17:23 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।