आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानले फिर्ता लियो ४ खेलाडीमाथिको कारबाही, ए श्रेणीमा उक्लिए सोमपाल

क्यानले फिर्ता लियो ४ खेलाडीमाथिको कारबाही, ए श्रेणीमा उक्लिए सोमपाल

क्यानको अघिल्लो बोर्ड बैठकले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो। बिहीबारको बैठकले उक्त निर्णय फिर्ता लिएको हो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरेको कारबाही फिर्ता लिएको छ। क्यानको अघिल्लो बोर्ड बैठकले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो। बिहीबारको बैठकले उक्त निर्णय फिर्ता लिएको हो। 

National life

सन् २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुका ६ महिना सहभागी हुन नपाउने गरी चार खेलाडीलाई कारबाही गर्ने निर्णर्य क्यानको अघिल्लो बैठकले गरेको थियो। 

राष्ट्रिय टिमका चार खेलाडीले क्यानसँगको सम्झौता बमोजिमको अनुशासन पालना नगरेको आरोपमा उनीहरू कारबाहीमा परेका थिए। त्यसपछि उत्पन्न भएको परिस्थितिका कारण क्यानले खेलाडीमाथिको कारबाही फिर्ता लिएको हो।

त्यस्तै, क्यानले यो वर्ष अनुबन्धमा रहेका महिला तथा पुरुष खेलाडीहरुको नाम सार्वजनिक गर्दै वर्गीकरण पनि गरेको छ। अहिले पुरुष र महिला दुवैतर्फ समान १८/१८ खेलाडी छन्।

पछिल्लो वर्षको अनुबन्धमा सोमपाल 'बी' श्रेणीमा रहेको भन्दै आलोचना भएपछि उनलाई अहिले ए श्रेणीमा राखिएको छ।

Laxmi sunrise bank
kumari

पचास हजार तलब पाउने 'ए' श्रेणीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी छन्। त्यस्तै, 'बी'श्रेणीमा कुशल भुर्तेल, आसिफ शेख, शरल भेषावकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन्।

त्यस्तै, 'सी' श्रेणीमा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम शोब, शाहब आलम, शुसन भारी र पवन सर्राफ रहेका छन्। बी र सी श्रेणीको तलब क्रमशः ४० र ३० हजार छ।

महिला तर्फ ए, बी र सी श्रेणीमा पर्ने खेलाडीको तलब क्रमशः १५, १२ र १० हजार रहेको छ। श्रेणी 'ए' मा रुविता क्षेत्री, सिता राना मगर, इन्दू वर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन्।

त्यस्तै, सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वति चौधरी, सवनम राई र ज्योति पाण्डे 'बी' श्रेणीमा  रहेका छन्। 'सी'मा पर्नेमा डली भट्ट, कविता जोशी, सङ्गीता रार्ई, रोमा थापा, अस्मिना आचार्य, ममता चौधरी र बिन्दू रावल रहेका छन्।

क्यानले अब वार्षिक साधारण सभा फागुन १३ र १४ गते धनगढीमा गर्ने भएको छ।


प्रकाशित: Jan 27, 2022| 23:01 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।