काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा जित निकाल्दै मनाङ फाइनल पुगेको हो।
खेलमा मनाङले आर्मीमाथि ४–३ गोलको जित निकाल्यो। र, आजको हारसँगै त्रिभुवन आर्मी क्लब भने प्रतियागिताबाट बाहिरिएको छ।
अब मनाङले उपाधिका लागि शनिबार दिउँसो अर्को विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफले सहिद स्मारक ए डिभिजनको लिगलिडर मछिन्द्र क्लबलाई हराउँदै फाइनलमा पुगेको हो।