बुधबार, असार ३१, २०८३

क्रिकेटर शक्ति गौचनले राष्ट्रिय टोलीबाट संन्यास लिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाठौं- क्रिकेटर शक्ति गौचनले नेपालको राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन् ।
 
आगामी अगस्टमा नेदरल्यान्डमा हुने एक दिवसीय खेलपछि आफूले राष्ट्रिय टोलीबाट संन्यास लिने क्रिकेटर शक्तिले बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजमा सहभागी हुने टोलीको बिदार्इका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी वान डे तथा टि–ट्वान्टी गेमको लागी अगस्टमा नेदरल्यान्ड जाँदैछौं । त्यो वान डे नेपालका लागि ऐतिहासिक खेल हो । यो खेलबाट फर्किएपछि नेपालमा नै अन्तर्राष्ट्रिय वान डे म्याचको आयोजना गरी औपचारिक रुपमा नेपाली राष्ट्रिय टोलीबाट संन्यास लिनेछु ।’

उनले नेपालमा अन्तर्राष्ट्रिय वान डे म्याच कहिले आयोजना गर्ने र कहिलेबाट औपचारिक संन्यास लिने भन्ने खुलाएनन् । 

सन् २००१ मा यू-१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एसिया कपबाट शुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । 

उनले सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा शुरु गरेका थिए । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

शक्ति नेपाली टोलीमा बलिङमा राम्रो दख्खल राख्ने अनुभवि खेलाडी हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।