आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सोनाम गेल्जेन जसले एमालेलाई दुई पटक ‘क्लिनस्विप’ हुनबाट जोगाए

पार्टीले संकटका समयमा मूल्यांकन गरेर टिकट दिएको उनले बताए। पार्टीले मूल्यांकन गरेअनुसारको परिणाम दिन सफल भएको शेर्पाको भनाइ छ।
 |  बिहीबार, माघ १३, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, माघ १३, २०७८

विराटनगर– बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमाले एक सिटमा विजयी भएको छ। ७ प्रदेशका १९ सिटका लागि भएको निर्वाचनमा एमालेले प्रदेश १ मा एक सिटमा विजयी हासिल गर्‍यो। १८ जना उम्मेदवार पराजित भए। राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। एमाले सातवटै प्रदेशमा मतभारका हिसाबले पछि थियो।

triton college

तुलनात्मक रुपमा प्रदेश १ मा गठबन्धनभन्दा एमालेको मतअन्तर कम थियो। एमालेले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा अलि बढी मेहनत गरेको थियो। तर एमाले ३ सिटमा एकमा जित, एक बराबरी र एकमा हार व्यहोर्‍यो। एमालेबाट अपाङ्गता तथा अल्पसंंख्यक सिटमा सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा विजयी भए। उनले पछिल्लो २४ वर्षमा पार्टीबाट निर्वाचनमा दुई पटक टिकट पाए।  उनले दुवै पटक पार्टीलाई क्लिनस्विप हुनबाट जोगाएका छन्। उनी ०५४ मा सोलुको नाम्चे गाविसबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए। गाविस अध्यक्ष हुँदाको संयोग राष्ट्रियसभामा पनि भएको छ। 

०७८ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा देशभर एमालेका उम्मेदवार पराजित हुँदा उनले मात्रै बाजी मार्न सफल भएका छन्। पार्टीले संकटका समयमा मूल्यांकन गरेर टिकट दिएको उनले बताए। पार्टीले मूल्यांकन गरेअनुसारको परिणाम दिन सफल भएको शेर्पाको भनाइ छ। 

गठबन्धन भत्काउने शेर्पा को हुन्?

सोनाम गेल्जेन शेर्पा विद्यार्थी राजनीतिबाटै एमालेमा उदाएका हुन्। स्कुल कमिटीदेखि नै एमालेमा रहेर काम गरेका उनी २०४५ सालमा नेपाल ल क्याम्पसको प्रारम्भिक कमिटी सदस्य भए। प्रारम्भिक कमिटी सदस्यमा पनि उनी मतदानबाटै निर्वाचित भएका थिए। २०५४ सालमा शेर्पा सोलुखुम्वुको नाम्चे गाविसको अध्यक्षमा निर्वाचित भए। नाम्चेमा गाविस अध्यक्षमा मात्र  जितेर उनले एमालेलाई ‘क्लिनस्विप’ हुनबाट जोगाएका थिए।

Metro Mart
vianet

स्थानीय क्षेत्रमा लोकप्रिय शेर्पाले त्यसपछि निर्वाचनमा टिकट पाउन सकेका थिएनन्। उनी एमाले जिल्ला कमिटी सदस्य हुँदै एमाले पर्यटन विभागको सदस्य, मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्य हुँदै अहिले प्रदेश कमिटी सदस्य छन्। पार्टी राजनीतिबाहेक सामाजिक संघसंस्थामा पनि उनले थुप्रै पटक नेतृत्व गरेका छन्। 

शेर्पालाई सबैभन्दा बढी मत

बुधबारको निर्वाचनमा एमालेका प्रदेश सांसद ४० र स्थानीय तहका प्रमुख–उपप्रमुख १४० जना निर्वाचनमा उपस्थित भए। एक प्रदेश सांसद सरकारी कागज मुद्दामा फरार रहेकाले उनी अनुपस्थित रहिन्। मतदानमा सहभागी भएका मतदाताको कुलमत भार ४ हजार ४४० थियो  शेर्पाले ४७ हजार ७० मत प्राप्त गरे। उनलाई २ जना प्रदेश सांसद र १३ स्थानीय तहका प्रमुख–उपप्रमुखको मत आएको थियो।

पाँच स्थानीय तहको मत बदर हुँदा पनि शेर्पाले निकटतम प्रतिद्वन्द्वी हेमराज राईलाई ३८४ मत अन्तरले पराजित गरे। प्रदेश १ बाट निर्वाचित ३ सदस्यमध्ये शेर्पाले सवैभन्दा बढी मत पाएका छन्। समकालीन साथीहरु गाउँ–गाउँमा पुगेका कारण आफूलाई जित्न सफल भएको शेर्पा बताउँछन्। ‘पुरानै साथीहरु अहिले स्थानीय तहमा पनि रहनुभएका कारण सजिलो भयो। मलाई अन्य पार्टीका साथीहरुले पनि माया गर्नुभयो।’

हिमालका मुद्दा राष्ट्रियसभामा 

उनले राष्ट्रियसभामा हिमालका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। उनले भने,‘ हिमालका मुद्दाहरु ओझेलमा परेका छन्। यसमा मेरो पहलकदमी हुनेछ।’ संविधान कार्यान्वयनका सवालमा पनि आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाइ छ।


प्रकाशित: Jan 27, 2022| 10:43 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।