बुधबार, असार ३१, २०८३

इंग्ल्यान्डले भारतलाई हरायो, भारतको रेकर्ड ब्रेक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै वनडे सिरिज जितेको छ । इंग्ल्यान्डले तीन वनडे म्याचमा २–१ ले जित्दै सिरिज जितेको हो । 

पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २ सय ५६ रन मात्र बनाउन सकेको थियो । २ सय ५७ रनको लक्ष्य पक्षायको इंग्ल्यान्डले ४४ दशमलब ३ ओभरमा १ विकेट गुमाउदै सो लक्ष्य भेट्टायो । भारतका लागि कप्तान विराट कोलिले सर्वाधिक ७१ रन जोड्दा महेन्द्रसिंह धोनिले ४२ रनको पारी खेलेको थिए ।
 
इंग्ल्यान्डका तर्फबाट डेविड अली र आदिल राशिदले उत्कृष्ट बलिङ गर्दे समान तीन विकेट लिए । अलीले ४० रन खर्चदै ३ विकेट लिदा स्पिनर बलर आदिलले ४९ रन खर्चदै तीन विकेट लिएको थिए ।

२ सय ५७ रन पक्षाउने क्रममा इंग्ल्यान्डका जो रुटले शतकीय पारी खेल्दा अर्को खेलाडी कप्तान इयोन मोर्गनले ८८ रन जोडे । भारतका लागि शार्दुल ठाकुरले मात्र एक विकेट लिए ।  

पहिलो खेल हारेको इंग्ल्यान्डले दोस्रो र तेस्रो खेल जितेको थियो । भरतले अहिले सम्म लगातार ९ पटक सिरिज जित्दै आएको थियो । तर, यो हार सँगै भारतको रेकर्ड ब्रेक भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।