शनिबार, असार २०, २०८३

यस्तो छ अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण

बुधबार राति अन्तिम १६ का खेल सम्पन्न भएसँगै क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- बुधबार राति अन्तिम १६ का खेल सम्पन्न भएसँगै क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ।

क्यामरुनको मैदानमा बुधबार राति इजिप्ट र इक्वेटेरियल गिनीले जित निकालेको थिए। यससँगै अन्तिम आठको समीकरण पनि पुरा भएको हो।

अब अन्तिम आठको खेल शनिबार(भोलि) बाट सुरु हुनेछ। जहाँ, पहिलो खेलमा गम्बियाले आयोजक क्यामरुनको सामना गर्नेछ। त्यस्तै दोस्रो खेलमा बुर्किना फासोले ट्युनिसियाको सामना गर्ने तय भएको छ।

त्यस्तै, क्वार्टरफाइनलको अर्को खेलमा भने बलिया टोली प्रस्तुत हुँदैछन्। अन्तिम १६ मै आइभोरी कोस्टलाई हराएको इजिप्टले यो पटक मोरोक्को सामना गर्दैछ।

अन्तिम आठको अन्तिम खेलमा भने सेनेगलले इक्वेटेरियल गिनीको सामना गर्ने पक्का भएको छ।

अफ्रिका कप अफ नेससन्को सेमिफाइनल खेल आगामी बिहीबार र अर्को हप्ताको शुक्रबार हुनेछ। त्यस्तै फाइनल खेल भने फेब्रुअरी ६ मा हुने तय छ।

क्वार्टरफाइनल खेल तालिका:

गम्बिया र क्यामरुन, शनिबार राति पौने १० बजे

बुर्किना फासो र ट्युनिसिया, शनिबार राति पौने १ बजे

इजिप्ट र मोरोक्को, आइतबार राति पौने १० बजे

सेनेगल र इक्वेटेरियल गिनी, आइतबार राति पौने १ बजे

प्रकाशित: Jan 27, 2022| 09:15 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।