शनिबार, असार २०, २०८३

पावेलको शतकले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता

दक्षिण अफ्रिकामा जारी पाँच खेलको ट्वान्टी २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै आयोजक वेस्ट इन्डिजले इग्ल्यान्डविरुद्ध २-१ को अग्रता बनाएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं-  दक्षिण अफ्रिकामा जारी पाँच खेलको ट्वान्टी २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै आयोजक वेस्ट इन्डिजले इग्ल्यान्डविरुद्ध २-१ को अग्रता बनाएको छ।

बुधबार राति सम्पन्न टी २० सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० रनको जित निकालेको हो।

वेस्ट इन्डिजलाई जित दिलाउन रोवमन पावेलले ५३ बलदमा १०७ रन प्रहार गरे। उनको विस्फोटक ब्याटिङसँगै वेस्ट इन्डिजका निकोलस पुरनले पनि ७० रनको योगदान दिए। यससँगै आयोजक टिमले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर २२४ रन बनाएको थियो।

इंग्ल्यान्डका रिस टोप्ले, जर्ज गर्टोन, टायमल मिल्स, लियम लिविनस्टोम र आदिल रसिदले समान १–१ विकेट गिराए।

जवाफमा इंग्ल्यान्डका टोम बन्टोनले ७३ र फिल सल्टले ५७ रन बनाए पनि जितको लागि पर्याप्त भएन। उसले जवाफमा पुरा ओभर खेल्दै नौ विकेट गुमाएर २०४ रन मात्र जोड्न सक्यो।

त्यसक्रममा वेस्टइन्डिजका रामरियो सेफर्डले तीन विकेट गिराउँदा किइरोन पोलार्डले दुई विकेट गिराए।

यसअघि पहिलो खेलमा नौ विकेटको जित निकालेको वेस्ट इन्डिजले दोस्रो खेलमा एक रनको हार बेहोरेको थियो।

प्रकाशित: Jan 27, 2022| 08:35 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।