शनिबार, असार २०, २०८३

इजिप्ट र गिनी अफ्रिका कप अफ नेसन्सको अन्तिम आठमा

क्यामरुनमा जारी अफ्रिकाको सबैभन्दा ठूलो महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको बुधबार राति सम्पन्न खेलमा इजिप्ट र इक्वेटेरियल गिनीले जित निकालेका छन्।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- क्यामरुनमा जारी अफ्रिकाको सबैभन्दा ठूलो महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको बुधबार राति सम्पन्न खेलमा इजिप्ट र इक्वेटेरियल गिनीले जित निकालेका छन्।

क्यामरुनको डोउला रंगशालामा सम्पन्न बुधबारको पहिलो खेलमा इजिप्टले आइभोरी कोस्टलाई टाइब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।

खेलको निर्धारित ९० मिनेटमा गोल नभएपछि ३० मिनेटको समय थप गरिएको थियो। थपिएको समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुट आउटको अवस्थामा पुग्यो।

अन्तिममा इजिप्टका लागि अहमद सहिद, अमर इल सोलिय, ओमर कमल सयद, मोहम्मद अब्देलमोनेम र मोहम्मद सलाहले गोल गरेर ५–४ को जित निकालेका हुन्।

त्यस्तै, बुधबारको दोस्रो खेलमा पनि माली र इक्वेटेलिरयल गिनीले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा गिनीले मालिलाई ६–५ गोलअन्तरले हराएको हो। यससँगै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ।

प्रकाशित: Jan 27, 2022| 07:53 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।