आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अनलक्की गुरु!

एमालेका १४० स्थानीय तहका प्रमुख–उपप्रमुख मध्ये उनले १४८ मत पाए। एमाले प्रदेश सांसदबाटै मत नपाउँदा उनी पराजय भोग्‍न बाध्य भए।
 |  बुधबार, माघ १२, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, माघ १२, २०७८

विराटनगर- नेकपा एमालेका नेता गुरु बरालका लागि ०७८ सालको राष्ट्रियसभा सदस्य निर्वाचन अविस्मरणीय बनेको छ। जितको नजिक पुगेर पनि उनलाई भाग्यले साथ नदिँदा राष्ट्रिय सभाको सदस्य हुनबाट रोकिए। ३६१ जनाको ९ हजार २२८ मतभार रहँदा बराल र उनका निकटतम प्रतिष्पर्धीले बराबर मत पाए। बराल मतदानबाट जित्‍नेमा आशावादी थिए। तर, परिणाम उनले सोचे जस्तो भएन। अन्तत: राष्ट्रिय सभामा पुग्‍ने उनको सपना सपनामै सीमित भएको छ। तर, बरालका लागि यो पहिलो अवसर भने होइन। उनले पटक–पटक पार्टीबाट टिकट पाउँदै आएका छन्। तर परिणाम आफ्नो पक्षमा भने पार्न सकेका छैनन्। 

triton college

को हुन बराल?

पार्टी भूमिगत अवस्थामा ०४४ सालमा नेकपा मालेको मोरङको सचिव भएका उनी त्यसपछि लगातार पार्टी कमिटीमा छन्। ०४६ सालको जनआन्दोलनपछि नेता बराल पुन: मोरङको सचिव बने। उनी ०४६ देखि ५० सम्म एमाले मोरङको सचिव बने। २०४९ देखि २०७८ सम्म लगातार पार्टी केन्द्रीय सदस्य भएका बराल चितवनमा सम्पन्‍न १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्य बने। 

नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिब ५० वर्षदेखि उनी सक्रिय छन्। बराल विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर क्रियाशील छन्। उनकै नेतृत्वमा मदन भण्डारी स्मृति प्रतिष्ठान सञ्चालित छ। प्रतिष्ठानले निम्न, मध्यम र उच्च स्तरको प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ। बराल आफु राजनीति मार्फत जनताको आर्थिक, सामाजिक, सास्कृतिक र राजनीतिक रुपान्तरणको पक्षपाति रहेको बताउँछन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेता गुरु बराल।

Metro Mart
vianet

 एमाले सांसदबाटै पाएनन् मत

नेता बरालले एमाले प्रदेश सांसदबाट मत नपाएकै कारण पराजित हुन पुगेका हुन्। स्थानीय तहमा उनले एमालेको मतभन्दा बढी प्राप्त गरेपनि २ जना प्रदेश सांसदले उनलाई मत दिएनन्।

एमालेका ४१ सांसदमध्ये एक जना सरकारी कागज किर्ते मुद्धामा फरार सूचीमा रहेकाले मतदान गर्न आएनन्। २ सांसदले उनलाई मत दिएनन्। उनले ३८ सांसदको मात्रै मत पाए। स्थानीय तहबाट उनलाई ८ मत बढी आएको छ।

एमालेका १४० स्थानीय तहका प्रमुख–उपप्रमुख मध्ये उनले १४८ मत पाए। एमाले प्रदेश सांसदबाटै मत नपाउँदा उनी पराजय भोग्‍न बाध्य भए। 

पाँच पटक टिकट, एक पटक जिते

पछिल्ला २६ वर्षमा बरालले पाँच पटक टिकट पाए। एक पटक उनले चुनाव जिते। बाँकी परिणाम उनको पक्षमा आउन सकेको छैन। पहिलो पटक जिते बाहेक उनी हरेक निर्वाचनमा पराजय भोग्दै आएका छन्। बरालले समकालिन अन्य नेताहरुको तुलनामा पनि अवसर थुप्रै पाउने नेता भित्र पर्ने एक एमाले नेताले बताए। बरालले २०५२ सालमा तत्कालिन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा टिकट पाए। 

नेपाली कांग्रेसका हरिनारायण चौधरीलाई पराजित गरि उनी निर्वाचित भए। २०५६ सालमा तत्कालिन मोरङ ६ बाट उनी नेपाली काँग्रेसका हरिनारायण चौधरीसँग पराजित भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले मोरङ ८ बाट टिकट पाए। बराललाई नेकपा माओवादीका गोपी आछामीले पराजित गरे। बरालले पुन: दोश्रो संविधानसभा २०७४ मा मोरङ ३ बाट टिकट पाए। 

उनी नेपाली कांग्रेसका दिलिप गच्छदारसँग कम मत अन्तरले पराजित भए। २०७८ सालमा नेता बरालले राष्ट्रिय सभा सदस्यको टिकट पाए। यस पटक उनी नेपाली काँग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग पराजित भए। बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा बराल र बस्नेतले बराबरी ४ हजार ४८८ मत पाए। गोलाप्रथाबाट विजेता घोषणा गर्दा बराल अनलक्की सावित भए। उनी गोलाप्रथाबाट पराजित हुन पुगे। नेता बराल राष्ट्रिय सभा सदस्यको अन्तिम समयमा आएर उम्मेदवार बनेका थिए। एमालेले सात प्रदेशका १९ वटै उम्मेदवारको पहिलो पटक सार्वजनिक गरेको सूचीमा उनी थिएनन्। पहिलो सूचीमा स्थायी कमिटी सदस्य देवराज घिमिरेको नाम थियो। पछि पुन: निकालिएको सूचीमा बराल उम्मेदवार भएर आएका थिए। 

जित्‍ने अवस्थामा टिकट पाएनन्

०७४ को संसदीय निर्वाचनमा नेता बरालले मोरङ ३ बाट टिकट पाउन सकेनन्। उनले टिकटका लागि धेरै बल पनि गरे। मोरङका ६ वटा क्षेत्र मध्ये ३ नम्वर सुरक्षित क्षेत्र भित्र रहेको थियो। एमाले र माओवादीवीच गठबन्धन गरेका कारण एमाले उम्मेदवार जित्‍ने अवस्थामा उनले टिकट पाएनन्। 

भानुभक्त ढकालले मोरङ ३ बाट टिकट लिए र कांग्रेसका सुनिल शर्मालाई पराजित गरे। ०७६ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि बराल उम्मेदवार बन्ने करिव निश्चित थियो। दुई वर्ष अघिको राष्ट्रिय सभा निर्वाचनमा तत्कालिन नेकपाको मतभार पनि बढी थियो। नेकपाका उम्मेदवारले जित्‍ने अवस्था थियो। बरालले टिकट पाएनन्। झापाका देवेन्द्र दाहालले टिकट पाए। उनी राष्ट्रियसभा सदस्य निर्वाचित भए। 


प्रकाशित: Jan 26, 2022| 21:06 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।