आइतबार, मंसिर ७, २०८२

नेपाल सुपर लिग दुई सहरमा, क्लबको संख्या पनि बढ्ने

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले यस वर्षदेखि आयोजना सुरु गरेको नेपाल सुपर लिगको दोस्रो संस्करण घोषणा गरेको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले यस वर्षदेखि आयोजना सुरु गरेको नेपाल सुपर लिगको दोस्रो संस्करण घोषणा गरेको छ। गएको जेठमा पहिलो संस्करण आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैत २६ गतेबाट सुरु हुने भएको छ।

National life

आयोजकले आज विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। ‘हामीले यो वर्ष पनि खुकुरी नेपाल सुपर लिग फुटबलको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेका छौं,’ उसले विज्ञप्तिमा भनेको छ।

नेपाल सुपर लिग जेठ ७ गतेसम्म हुने भएको छ। त्यस्तै, आयोजकले क्लबको संख्या पनि बढाउने भएको छ। गएको वर्ष ७ टिमले प्रतिस्पर्धा गरेकोमा आउँदो संस्करणमा भने १० टिमले सहभागिता जनाउने भएका छन्। ‘यो सिजन हामीले पहिले नै रहेका ७ टोलीमा तीन नयाँ टोली थप्ने योजना बनाएका छौं। आयोजकले फेब्रुअरी महिना नै तीन नयाँ टोलीको बोलपत्रको लागि लिलामी कार्यक्रमको आयोजना गर्नेछ,’ आयोजकले विज्ञप्तिमा लेखेको छ।

‘हामीले पहिलो संस्करणको फुटबल बन्द रंगशालामा आयोजना गरे पनि दोस्रो संस्करणमा भने हामी समर्थकको उपस्थितिको आशा गर्दछौं,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। अब प्रतियोगिता पोखरा र काठमाडौंमा हुने भएको छ। पोखरामा सुरु भएको प्रतियोगिताको उत्तरार्धमा भने काठमाडौंमा सर्ने आयोजकले जनाएको छ।

‘हामी यसलाई हरेक सिजन विभिन्न सहरहरूमा सर्ने बहुसहर र राष्ट्रव्यापी लिग कार्यक्रम बनाउन चाहन्छौं। हामी आफूलाई नेपालमा कोभिड अवस्थाको बारेमा अपडेट राख्नेछौं,’ विज्ञप्तिमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 26, 2022| 17:25 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।