शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अदालतमा मुद्दा, नक्कली सर्टिफिकेट देखाएर असई भएको आरोप

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अदालतमा मुद्दा, नक्कली सर्टिफिकेट देखाएर असई भएको आरोप

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको हो। 

बुधबार अख्तियारले विशेष अदालतमा खड्काविरूद्धको अभियोगपत्र पेस गरेको छ। खड्का भारतको माध्यमिक शिक्षा परिषद् वाराणसी उत्तर प्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा भर्ना भएको अख्तियारको अनुसन्धानले देखाएको छ। 

खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए। खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। अहिले भने उनी सेवानिवृत्त भइसकेका छन्।

सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका खड्का त्यसपछि ६ वर्ष पुलिस फुटबल टिमको व्यवस्थापकीय भूमिकामा थिए। त्यसपछि उनले जागिरबाट राजीनामा दिएका थिए। उनी गत वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यसमेत नियुक्त भएका थिए। मन्त्रिपरिषद् बैठकले उनलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो।

खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्तामध्येका एक खेलाडी हुन्। सन् १९९५ देखि २००६ सम्म नेपाली राष्ट्रिय टिमबाट खेल्दा खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन्। 

खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक हुन्। नेपालमा २०७६ मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिएका थिए।

प्रकाशित: Jan 26, 2022| 17:15 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।